२०८२ कार्तिक २८, बिहिबार

रवि र छविको मुद्दामा बहस सुरु

रवि र छविको मुद्दामा बहस सुरु

२७ कार्तिक बुटवल / सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ । उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो ।

बहसमा रवि र छविका कानुन व्यावसायीहरु उपस्थित भएका छन् । रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा रहेको छ ।
यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस