२०८२ माघ ५, आईतबार

रिट दर्ता

उम्मेदवार मनोनयन स्थगितदेखि गगन–विश्वको पद खारेजीसम्म देउवा पक्षको माग

शेरबहादुर देउवा पक्षले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
उम्मेदवार मनोनयन स्थगितदेखि गगन–विश्वको पद खारेजीसम्म देउवा पक्षको माग

माघ ४, काठमाडौँ / कांग्रेसको सभापति शेरबहादुर देउवा पक्षले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका तर्फबाट रिट दायर भएको हो । रिटमा देउवा पक्षले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न पनि अन्तरिम आदेशको माग गरेको छ ।सर्वोच्च प्रशासनले पहिलो सुनुवाइ मंगलबार तोकेको छ । मनोनयन दर्ताको मिति तोकिसकेको भए देउवा पक्षले मनोनयनको अर्को मिति घोषणा गर्न निर्वाचन आयोगलाई माग गरेको छ । साथै, रिटमा विशेष महाधिवशेनवाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग पनि गरेको छ ।

उनीहरुले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति अनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस