२०८२ आश्विन ३०, बिहिबार

धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

२६ असोज, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन् । राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ । नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक बोलाइएको ती नेताले जानकारी दिए ।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदीको स्थानमा रोशन कार्की मनोनीत गरेका थिए । उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय नेता धनसुर शाही लगायतलाई पदमुक्त गरेका थिए । पदमुक्त गरेको विषयले पार्टी दुई कित्तामा विभक्त भएको छ । उक्त प्रकरण निर्वाचन आयोग समेत पुगेको छ ।

राणाले बोलाएको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्न अध्यक्ष लिङदेनलाई दबाब दिने उद्देश्य समेत रहेको असन्तुष्ट पक्षले जनाएको छ । तीन–तीन महिनामा बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक माघदेखि बस्न सकेको छैन ।ब

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस