२०८२ अषाढ १८, बुधबार

प्रचण्ड–माधवसहित दुई पार्टीका नेताबीच छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बीच भेट भएको छ ।
प्रचण्ड–माधवसहित दुई पार्टीका नेताबीच छलफल

१० असार काठमाडाैँ  / प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बीच भेट भएको छ । नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो । भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए । ’दुई दलका नेताहरू आज छलफलमा बसेका थियौँ,’ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, ’संसद्मा भइरहेको गतिविधि, विचाराधीन विधेयक, बजेटलगायतका विषयमा कुरा भयो । ’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस