२०८२ भाद्र ११, बुधबार

काठमाडौं महानगर : विद्यालयमा नेपाली बोल्नेलाई दण्डित नगर्नू

महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ ।
काठमाडौं महानगर : विद्यालयमा नेपाली बोल्नेलाई दण्डित नगर्नू

२२ वैशाख काठमाडौं /  महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ ।

सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भागमा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ उक्त पत्रमा भनिएको छ ।

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गरेको भन्दै महानगरमा गुनासो आएको थियो । उक्त गुनासो आएपछि विभागले पत्राचार गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस