२०८२ मंसिर ९, सोमबार

चितवनमा गाडी दुर्घटना , चालकको मृत्यु

चितवनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चितवनमा गाडी दुर्घटना , चालकको मृत्यु

७ मंसिर चितवन / चितवनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति साढे १० बजे चितवनको कालिका नगरपालिका–११ सिद्धि कल्याण चौरको भित्री सडकमा बा १८ च ८९७३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गाडी चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्‍याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको डिएसपी खनालले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस