
माघ १, काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो ।