२०८२ अषाढ १८, बुधबार

सिग्मा कलेजकाे क्यान्टिनमा आगलागी

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
सिग्मा कलेजकाे क्यान्टिनमा आगलागी

७ जेठ काठमाडौँ / काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको उक्त कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको उनले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए ।

आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको डिएसपी थापाले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस