२०८२ आश्विन ३०, बिहिबार

देउवाले सभापतिको कार्यकारी भूमिका त्यागेपछि पहिलो कांग्रेस बैठक आज

देउवाले सभापतिको कार्यकारी भूमिका त्यागेपछि पहिलो कांग्रेस बैठक आज

३० असोज काठमाडौँ / सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ ।

यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु केन्द्रीय समिति बैठकलाई नै आज निरन्तरता दिन लागिएको हो । तर आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।

बैठक ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने नेताहरूले बताएका छन् । खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि बुधबार एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई आजदेखि पुनः निरन्तरता दिन लागिएको हो ।

यसबीच बुधबार कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस