२२ असार काठमाडौँ / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए ।
भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए । ’उहाँहरूबीच बिहीबार भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भयो’ उनले भने ।