२०८२ मंसिर १२, बिहिबार

धरौटी बुझाएर रिहा

पूर्वसभामुख महरा २०लाख धरौटी बुझाएर रिहा भए

कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन्
पूर्वसभामुख महरा २०लाख धरौटी बुझाएर रिहा भए

 

११ मंसिर, काठमाडौं /  सुन तस्करीको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् ।उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश द्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।उनलाई बयान तथा प्रमाणले उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो ।

उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस