२०८२ श्रावण ३१, शुक्रबार

६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा चार जना पक्राउ

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा चार जना पक्राउ

३० साउन काठमाडौँ / क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बिहीबार काठमाडौंको कालो पुलस्थित डेरा कोठाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा बाराका दुई जना र भारतका दुई जना छन् । बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, विहारका ३३ वर्षीय विक्रम जयसवाल, ३३ वर्षीय मुन्ना जयसवाल पक्राउ परेका हुन् ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ गर्दा १५ लाख ३३ हजार रुपैयाँ र पाँच वटा मोबाइल पनि बरामद गरेको छ ।

अनुसन्धानको क्रममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस