
माघ २, काठमाडौँ / जेन–जी सहिद परिवार यतिबेला प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि धर्ना बसेका छन् । सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।
उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानरमा राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने रहेको छ ।