२०८२ आश्विन ३०, बिहिबार

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजीको नाराबाजी

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजीको नाराबाजी

२५ असोज काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन् । अहिले शीतल निवासमा छलफल जारी छ ।

सुरुमा १७ जना जेनजी प्रतिनिधि छलफलमा सहभागी हुने तय भए पनि संख्या बढेको बताइएको छ । २० जनाभन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस