२०८२ अषाढ १७, मंगलबार

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घट्यो

असार १० काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार ९) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस