२०८२ कार्तिक १, शुक्रबार

सुनको मूल्य, २ लाख २१ हजार नाघेर नयाँ रेकर्ड

सुनको मूल्य, २ लाख २१ हजार नाघेर नयाँ रेकर्ड

७ असोज काठमाडौँ / सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो ।

जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

यो पनि

ताजा अपडेट

१७ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस