
८ मंसिर काठमाडौँ / खगेन्द्र सुनारको अध्यक्षतामा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् ।
उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन् । दल दर्ता नम्बर २१६ रहेको छ ।
चुनाव चिह्न ’लाइक’ रहेको छ । दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले पत्रकारहरूसँग कुराकानी गर्दै आफू कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने बताए ।