२०८२ अषाढ १७, मंगलबार

रवि रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ आज हुने

रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ९, बिहिबार
रवि रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ आज  हुने

८ जेठ काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ ।

पूर्वगृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो ।

मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो । बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो ।

तर आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालकै इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो र उक्त आदेश उच्चबाट पनि सदर भयो । हाल रवि र छवि दुवै रुपन्देही कारागारमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस