२०८२ अषाढ १७, मंगलबार

उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु दुई जना घाइते

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु दुई जना घाइते

२५ वैशाख काठमाडौं / भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र एक पाइलट थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन् । दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस