२०८२ भाद्र ३१, मंगलबार

कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई

कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई

३१ भदौ काठमाडौँ / कुलमान घिसिङ मन्त्री बनेको दुई दिनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन् ।

घिसिङ प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हुन् । उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए ।

त्यसपछि शाक्यले सर्वोच्च अदालत धाएका थिए भने कुलमानलाई पनि निवर्तमान अपदस्थ सरकारले बर्खास्त गरेको थियो। उनी पनि सर्वोच्च पुगेका थिए ।

तर जेनजी प्रदर्शनसँगै ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । प्राधिकरण ऊर्जा मन्त्रालयको मातहतको निकाय हो । शाक्यलाई नै नीतिनिर्देश गर्ने तहमा घिसिङ पुगे पनि शाक्यले बधाई दिएका थिएनन् । आज बल्ल शाक्यले फेसबुकमा लेखेर बधाई दिएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस