२०८२ अषाढ २६, बिहिबार

मन्त्री दाहालसँग जापानी राजदूत मायदाको भेट

नेपालका लागि जापानी राजदूत मायदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ ।
मन्त्री दाहालसँग जापानी राजदूत मायदाको भेट

२६ असार काठमाडौँ / नेपालका लागि जापानी राजदूत मायदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । बिहिबार मन्त्रालयमा मन्त्री दाहाल र राजदूत मायदा विच कुराकानी भएको हो ।

भेटका क्रममा जापानी सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री दाहालले नेपाललाई भई रहेको सहयोग प्रति जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

मन्त्री दाहाल र राजदूत मायदा विच दुई देशको हितका बारेमा सकारात्मक संवाद भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस