२०८२ अषाढ १८, बुधबार

कान्ति लोकपथ बाटो एकतर्फी खुल्यो

अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
कान्ति लोकपथ बाटो एकतर्फी खुल्यो

५ जेठ काठमाडौँ / अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस