२०८२ अषाढ १७, मंगलबार

कान्तिलोकपथ ४ दिन बन्द हुने

कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २१, मंगलबार
कान्तिलोकपथ ४ दिन बन्द हुने

२० जेठ, काठमाडौं / कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।

यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस