२०८२ अषाढ २३, सोमबार

स्पेन भ्रमणबारे केपी ओली : इजिप्टका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुरा

स्पेन भ्रमणबारे केपी ओली : इजिप्टका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुरा

२३ असार काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइबारे कुराकानी भएको बताएका छन् ।

सोमबारको प्रतिनिसभा बैठकमा उक्त भ्रमणबारे जानकारी गराउँदै उनले हमासले बन्दी बनाएका जोशीको रिहाइको विषयमा कुराकानी गरेको बताएका हुन् ।

’उहाँ(इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली) सँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु,’ उनले भने, ’साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु ।’

त्यस्तै प्रधानमन्त्री ओलीले गत साता स्पेनमा भएको स्टोनियाका राष्ट्रपति अलार कारिससँगको भेटमा सूचना प्रविधिका विषयमा छलफल भएको बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस