२०८२ श्रावण ३१, शुक्रबार

काठमाडौँ प्रवेश गर्ने राजमार्ग पहिरोले अवरुद्ध

धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।
काठमाडौँ प्रवेश गर्ने  राजमार्ग पहिरोले अवरुद्ध

२३ साउन काठमाडौँ / धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका छन् । यसैबीच बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध बनेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पहिरोले बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको हो। आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस