२०८२ मंसिर १२, बिहिबार

सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूह प्रदर्शनमा

सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूह प्रदर्शनमा

९ मंसिर, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिए पछि मंगलबार सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरे । आइतबार बैठक बसेर सोमबारबाट आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका हुन् ।

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस