३० असाेज काठमाडाैँ / क्रिकेट खेलले विश्व सामु नेपाल चिनाउदै । विश्वकप प्रतियोगिताको उपाधि जिते १९ लाख ५० हजार प्रत्येक खेलाडीले पाउने छ
पछिल्लो समय नेपालमा क्रिकेट खेल चासो र उत्सापूर्वक हेर्ने र खेलने खेलाडी संख्य वढदै गएको छ । त्यती मात्र होइन त्यही अनुसार पनि क्रिकेट खेल मैदान निमार्ण हुन पनि थालेका छन् । काठमाण्डौको त्रिभुवन विश्यवविद्यालय किर्तिपुरमा वन्दै गरेको स्टेडेम होस् या चितवनमा निमार्णधिन गौतमवुद्ध क्रिकेट खेल मैदान नै किन नहोस् । खेलाडीलाई मनोवल र हौसाला दिनको लागि पनि सरकारले खेलकुद विकास नियमावली २०७९ जारी गरी पुरस्कार दिदै आएको छ । सोही अनुसार ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताएका छन् । नेपाल अहिलेसम्म यूएई, कतार, जापान, र ओमान जारी प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । वुधवार भएको म्याचबबबमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।