२०८२ माघ २, बिहिबार

पाटेबाघको आक्रमण

पाटेबाघको आक्रमण बढ्दै गएकोले नियन्त्रणमा लिन वा मार्न आदेश

सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै जाँदा एक साताभित्रै तीन जनाको ज्यान गएको छ।
पाटेबाघको आक्रमण बढ्दै गएकोले नियन्त्रणमा लिन वा मार्न आदेश

माघ १,सुर्खेत / सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै जाँदा एक साताभित्रै तीन जनाको ज्यान गएको छ।

पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते सल्यान कालीमाटी गाउँपालिका–७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको हो। यी क्षेत्रहरू बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँसदाउरा गर्न र काम विशेषले जङ्गल आसपास जाने स्थानीयहरू निरन्तर जोखिममा परेका छन्।

अवस्था भयावह बन्दै गएपछि डिभिजन वन कार्यालय सल्यानले उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को प्रावधान अनुसार सिफारिस समितिले बाघलाई नियन्त्रण गर्न वा आवश्यक परे मार्ने निर्णय गरेको डिभिजन वन अधिकृत टेकबहादुर रावलले जानकारी दिए। यो आदेश कार्यान्वयनका लागि विशेषज्ञ टोली परिचालन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार समेत गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस