२०८२ अषाढ १७, मंगलबार

दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३१, शुक्रबार
दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

३० जेठ काठमाडौं / गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।

त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहागर्ने आदेश भएको कानून व्यवसायी एवम् राजावादी अभियन्ता स्वागत नेपालले जानकारी दिए । दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज उक्त बहस सकिएको हो । तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।

उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस