२०८२ अषाढ १७, मंगलबार

भारतीय ड्रोन लाहोरमा खसालेको पाकिस्तानको दाबी

लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
भारतीय ड्रोन लाहोरमा खसालेको पाकिस्तानको दाबी

२५ वैशाख काठमाडौं / पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।

उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ ।

स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।

उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस