२०८२ अषाढ १७, मंगलबार

संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।
संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

२९ जेठ काठमाडौँ / राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

नेपाल प्रहरी र बेलायती प्रहरीबीचको सम्बन्ध बढाउनेसम्बन्धी विषयमा राजदूत फेनले चासो राखेका थिए । नेपाल र बेलायतबीच आपसी सहयोग र सम्बन्धका विषयमा पनि छलफल भएको छ ।

समितिमा छलफल भई निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकामा समितिलाई उनले बधाई दिए । समितिमा आएको सुरक्षा निकायसम्बन्धी विधेयकका बारेमा पनि राजदूत फेनले चासो राखे ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस