
१६ कार्तिक काठमाडौं / नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल भइरहेको छ ।
स्रोतका अनुसार, उनीहरूबीच पार्टी एकताको विषयमा छलफल भइरहेको छ । पेरिसडाँडामै एकता कार्यदलको पनि छुट्टै बैठक बसिरहेको छ ।
दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न, नेताहरूको कार्यविभाजनमा अन्तिम सहमति जुटिसकेको छैन ।