२०८२ आश्विन ३०, बिहिबार

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयले दियो साइबर व्युरोमा उजुरी

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयले दियो साइबर व्युरोमा उजुरी

२७ असोज काठमाडौं /  नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ । एक युट्युब च्यानलमा कुराकानीको क्रममा सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए ।

विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस