२०८२ आश्विन ३०, बिहिबार

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् ।
राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

२७ असोज, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो राखेकी थिइन् ।

अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री कार्की राष्ट्रिय सभाको निर्वाचन समयमै गर्न सहमत छन् । तर, निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राखेकी हुन् ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् । यो व्यवस्थामा जेनजीले मतदान गर्न पाउने भन्ने छैन । अध्यक्ष दाहालले निर्वाचनको मतदाताबारे राजनीतिक दलहरूसँग छलफल गर्न सकिने सुझाव दिएका छन् ।

आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस