२०८२ मंसिर १३, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्रीले गरिन् सेनालाई निर्देशन– चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्‌

प्रधानमन्त्रीले गरिन् सेनालाई निर्देशन
  • दृष्टि नेपाल
  • २०८२ मंसिर १३, शुक्रबार
प्रधानमन्त्रीले गरिन् सेनालाई निर्देशन– चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्‌

१२ मंसिर, काठमाडौं /  प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देश दिएकी छिन् ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न म निर्देशन दिन्छु ।’ नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
क्रममा उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश गरेकी छिन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस