२०८२ अषाढ २६, बिहिबार

गुरु पूर्णिमाको अवसरमा आत्मबोध विवेकको उज्यालोतर्फ उन्मुख हुन प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मबोध र विवेकको उज्यालोतर्फ उन्मुख हुन आह्वान गर्नु भएको छ ।
गुरु पूर्णिमाको अवसरमा आत्मबोध विवेकको उज्यालोतर्फ उन्मुख हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, २६ असार  / प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मबोध र विवेकको उज्यालोतर्फ उन्मुख हुन आह्वान गर्नु भएको छ ।

गुरु पूर्णिमाको अवसरमा बिहीबार सन्देश दिँदै उहाँले पूर्वीय सभ्यताले गुरुलाई अन्धकारबाट प्रकाशमा लैजाने मार्गदर्शक पात्रका रूपमा चिनाउने परम्परा भएको उल्लेख गर्नु भएको छ । उहाँले वर्तमान समयमा आत्मप्रकाश नै गुरु भइदिने स्पष्ट पार्नु भएको छ । ’ आज गुरु पूर्णिमा, यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ, हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

उहाँले गुरुलाई केवल बाह्य व्यक्ति नभएर आत्माभित्रको विवेकका रूपमा व्याख्या गर्नु भएको छ । गुरुको काम अन्धकार हटाएर चेतनाको प्रकाश फैलाउने भएको ओलीले उल्लेख गर्नु भएको छ । ’गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्‌’, ओलीको धारणा छ ।

उहाँले आजको दिनलाई केवल परम्परा पालनाको रूपमा नभई आत्मावलोकन र आन्तरिक सत्यको खोजीका रूपमा लिनुपर्ने धारणा राख्नु भएको छ। ’हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको छ, त्यस्तो दीप भनेको विवेक हो’, उहाँको भनाइ छ ।

गुरु पूर्णिमा हिन्दू परम्परामा वेदव्यासको स्मृतिमा मनाइने विशेष पर्व हो। आजको दिन गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालय, मन्दिर, आश्रम, संस्कृत पाठशाला र गुठी संस्थानमा विशेष पूजाआजा तथा सम्मान कार्यक्रम आयोजना हुने गर्छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस