२०८२ अषाढ ३१, मंगलबार

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बोलाए बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बोलाए बालुवाटारमा

३० असार, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । गुप्ता बालुवाटार पुगिसकेका छन् । घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो । उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस