१७ असार, धादिङ / धादिङ्ग जिल्ला साविक छत्रेदेउराली गाउँ बिकास समिति हाल धुनिवेशि नगरपालिका वडा नं ३ घर भै हाल काठमाडौ पद्दम क्लोनी बस्दै आएका राजु प्रसाद कंडेल पद्दम ग्रुपका अध्यक्ष समेत हुन । भने माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजन संचालाक पनि हुन उनै संचालकले ९ करोड २२ लाख ४६ हजार ३३ रुपैया घुस दिएको अभियोगमा अख्तियार अनुसन्धान आयोगले दायर गरेको रिटमा २ करोड ३० लाख बिगो जरिवाना सहित ८ बर्ष जेल सजायको उच्च अदालतले फैसाला गरेको हो । अख्तियार अनुसन्धान आयोगले नागर्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत सहित पद्दममा ग्रुपका अध्यक्ष राजु प्रसाद कंडेल विरुद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दाको सुनुवाइ गर्दै असार ६ गते उच्च अदालतले दोषि ठहर गरेको हो ।
नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
बस्तेलाई घुस दिएको कसुरमा पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्टका अध्यक्ष राजुप्रसाद कँडेल तथा उनको संस्थाबाट जनही ९ लाख २२ हजार ४ सय ६० रुपैयाँ अपराधपीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।