२०८२ अषाढ १७, मंगलबार

शिक्षक आन्दोलन

माग पूरा नगरे राजीनामा दिन तयार : शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षा सार्न सरकार बाध्य भएको बताएका छन् ।
माग पूरा नगरे राजीनामा दिन तयार : शिक्षक आन्दोलन

१० वैशाख काठमाडौं /आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षा सार्न सरकार बाध्य भएको बताएका छन् ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष मदन राईले सरकार डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भएको बताए । “सरकार शिक्षकहरूसँग डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भयो । अब शिक्षकका माग पूरा गर्नुपर्छ,” उनले भने ।

सरकारले शिक्षकहरूका माग पूरा नगरे आफूहरू राजीनामा दिन तयार रहेको उनले बताए । “यो हाम्रो अन्तिम आन्दोलन हो । यसपछि आन्दोलन हुँदैन । डु अर डाईको अवस्थामा हामी छौँ,”“माग पूरा नभए राजीनामा दिन पनि तयार भएर बसेका छौँ ।”

मंगलबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्म सारेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि आन्दोलन थप चर्किएको बताएका छन् । शिक्षामन्त्री विद्या भट्टरार्ईले राजीनामा दिएकाले प्रधानमन्त्री ओलीले नै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस