२०८२ श्रावण २, बिहिबार

मितेरी पुल भत्केपछि केरुङमा अलपत्र नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

मितेरी पुल भत्केपछि केरुङमा अलपत्र नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

१ साउन काठमाडौँ / गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अलपत्र १ हजार २०० नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताएका छन् ।

केरुङमा रहेका नेपालीलाई अहिले खाने, बस्ने व्यवस्था चिनियाँ पक्षले नै गरिरहेको छ । अलपत्र परेकामा मालवाहक सवारीसाधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस