२०८२ श्रावण १५, बुधबार

राप्रपाका नेताहरू निर्वाचन आयोगमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
राप्रपाका नेताहरू निर्वाचन आयोगमा

२९ असार काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका छन् । असार २५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेवारी खोसिदिएका थिए । उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।

शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको बैठकले आज निर्वाचन आयोग पुगेर विधि र विधानबारे जानकारी गराउने निष्कर्ष निकालेको थियो । सोहीअनुसार सुवेदी, शमशेर, डा. प्रकाशचन्द्र लोहनी, लावतीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस