२०८२ अषाढ १७, मंगलबार

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १९, आईतबार
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

१८ जेठ, काठमाडौं / राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए ।

पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

राजसंस्था तथा हिन्दूराज्य पुनर्स्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।

अध्यक्षको पक्राउपछि थप रणनीति तय गर्न बैठक बस्न लागिएको महामन्त्री बतौंलाले बताए । कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने– खास लडाइँ भोलिबाट सुरु हुन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस