२०८२ कार्तिक ९, शनिबार

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

८ कार्तिक काठमाडौँ / गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो ।

नितुको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए । नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन् । त्यहाँबाट उनलाई उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।

नितुको मृत्युपछि उनको परिवारले बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो । प्रहरीले बाबुललाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस