२०८२ आश्विन ३०, बिहिबार

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२० असोज / धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको छ ।

राममायाको हत्या आरोपमा प्रहरीले उनकै ३० वर्षीय छोरा यमबहादुर कँडेललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ ।

हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो । टोलीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस