२०८२ अषाढ १७, मंगलबार

बैंकिङ कसुर मुद्दामा प्रसाईंसँग तीन दिनसम्म बयान

दुर्गा प्रसाईं विरूद्धको बैंकिङ कसुर मुद्दामा तीन दिनसम्म बयान भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
बैंकिङ कसुर मुद्दामा प्रसाईंसँग तीन दिनसम्म बयान

२८ वैशाख काठमाडौँ / दुर्गा प्रसाईं विरूद्धको बैंकिङ कसुर मुद्दामा तीन दिनसम्म बयान भएको छ । विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा गएको साता प्रसाईंसँग तीन दिनसम्म बयान लिइएको हो ।

एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि प्रसाईंविरूद्ध नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई गत माघ २३ गते पत्राचार गरेको थियो ।

त्यसयता सिआइबीले प्रसाईंमाथि बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको हो । मेडिकल व्यवसायीसमेत रहेका ’राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले तोकेका ’जनकमान्डर’ प्रसाईं हाल राज्य विरूद्धको कसुर, ज्यानमार्ने उद्योग र संगठित अपराध कसुरको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

चैत २९ गतेदेखि हिरासतमा रहेका उनलाई सिआइबीले बयानका लागि विशेष सरकारी वकिलको कार्यालय लगिएको थियो । सरकारी वकिल कार्यालयले विभिन्‍न प्रश्नहरू तयार गरी उनीसँग बयान लिएको हो । प्रसाईंसँग गत सोमबार, मंगलबार र बुधबार तीन दिन बयान भएको हो ।

‘उनीसँग तीन दिन बयान भएको हो, अब कागज गराउने क्रममा थप नयाँ कुरा आए फेरि बयान होला नभए अरू हुँदैन,’ स्रोतले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस