२०८२ माघ २, बिहिबार

वनको नाम परिवर्तन

सुंगुरे सामुदायिक वनको नाम अब वनदेवी सामुदायिक वन

धादिङ्ग जिल्लाको धुनिवेशि नगरपालिका वडा नं ८ मा रहेको सुंगुरे सामुदायिक वनको नाम परिवर्तन भएको छ ।
Post Thumbnail

माघ १, धादिङ्ग । धादिङ्ग जिल्लाको धुनिवेशि नगरपालिका वडा नं ८ मा रहेको सुंगुरे सामुदायिक वनको नाम परिवर्तन भएको छ । गत पौष २५ गते बसेको ४० औं साधारण सभाको भेलाले सर्व सम्मत पारित गरेको थियो ।

सुंगुरे सामुदायिक वनको नाम परिवर्तन गरी वनदेवी सामुदायिक वन राख्ने भेलाले सर्वसम्मत पारित गरे संगै सव डिभिजन वन कार्यालयले पौष २८ गते स्वीकृत गरे पछि सुंगुरे सामुदायिक वन परिवर्तन भै वनदेवी सामुदायिक वन भएको हो । २०४९ सालमा सामुदायिक वन उपभोक्ता समिति गठन भएको थियो । गठन भएको ३३ वर्ष पछि देवीको नामबाट वनदेवी सामुदायिक वन उपभोक्ता समिति भएको छ।drishtinepal

drishtinepal

drishtinepal

 

drishtinepalपहिला यस वन क्षेत्रमा सुंगुर हुने भएकोले सुंगुरे वन भनिएको भनिन्छ तर आज भोली सुंगुर पनि नहुने नाम पनि सुहाउँदो नभए पछि भेलाले नै नाम परिवर्तन गर्न सर्वसम्मत पारित भए पछि नाम परिवर्तन गरिएको अध्यक्ष वाशु श्रेष्ठले बताए संगै वनदेवी सामुदायिक वन अध्यावधि गर्नका लागि सव डिभिजन वन कार्यालय नौविसे र जिल्ला डिभिजन वन कार्यालय धादिङ्गलाई बिशेष धन्यवाद दिनु भयो।

वनदेवी सामुदायिक वन क्षेत्रमा रहेको खर्खेडाडा पिक्निक स्पट पर्यापर्यटन क्षेत्रको उपयुक्त स्थान पनि भएको हुदा यस क्षेत्रमा आन्तरिक तथा वाहिय पर्यटन भित्राउनका लागि मार्केट सेट, प्रवेश द्वार, सालिक पार्क, लगायत संरचाना बन्ने क्रममा रहेको छ । संरचना निर्माण संग संगै यस क्षेत्र पर्यापर्यटन अनुरुप धार्मिक साँस्कृती मनोरञ्जन युक्त पर्यटक स्थल बन्ने छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस