२०८२ मंसिर ४, बुधबार

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

२ मंसिर, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेटवार्ता गरेकी छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन् ।

‘प्रधानमन्त्रीले चुनावी वातावरण चाहनुभएको छ । त्यही क्रममा उहाँले आवश्यक ठानेको व्यक्तिहरू, पार्टीहरू, नेताहरूलाई भट्दै आउनुभएको छ,’ कांग्रेस नेता गुरूराज घिमिरेले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘त्यही क्रममा हामीलाई पनि बोलाउनुभयो । हामी गयौं ।’ उनले भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण राखेको पनि जानकारी दिए ।

‘उहाँले पछिल्लो अवस्था बारे कुरा राख्नुभयो । देश सम्हाल्ने कुरा, लोकतन्त्रको मुलभूत मर्मअनुरुप यसलाई आफ्नो बाटोमा अगाडि बढ्न दिने, त्यसका निम्ति तोकिएको समयमै म्यान्डेडअनुसार समयभित्रै निर्वाचन गराउने कुरामा प्रतिवद्धता जनाउनुभयो,’ नेता घिमिरेले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस