
 
  
   
 
१४ कात्तिक, काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र
काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।