असार ३, मकवानपुर / थाहा नगरपालिकाले पूर्णखोपका लागि मंगलबार सामूहिक हस्ताक्षरसहित प्रतिबद्धता जनाएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ नारासहित नगरपालिकाको कार्यालय ईन्द्रायणी चौरमा आयोजित कार्यक्रममा सामूहिक हस्ताक्षर गरिएको हो । थाहा नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चिताका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
‘आज मिति २०८२ असार ३ गतेका दिन पूर्णखोप निर्देशिका २०७१ बामोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी थाहा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम राख्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्दछौं’, हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ ।
थाहा नगरपालिकाको नगर प्रमुख बिष्णुबहादुर विष्ट प्रमुख आतिथि रहेको घोषणा कार्यक्रम १२ वटै वडा कार्यालयहरूले कार्वन्वयन गर्ने घोषणा गरिएको छ । थाहा नगरपालिकामा १२ वडा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्टले भने– ‘गर्ववती आमा र शिशु मृत्युदरमा धेरै कमी आएको छ ।’
हस्ताक्षर कार्यक्रममा प्रमुख प्रशासकीय सुरेन्द्र प्रधान नगर स्वास्थ प्रमुख मेघराज बलामी वडा अध्यक्षहरू, स्वास्थ स्वयं सेविका लगायतको उपस्थिति थियो ।