२०८२ बैशाख ८, सोमबार
राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन परिक्षा हुने

कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन परिक्षा हुने

८ वैशाख काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा यही वैशाख ११ गतेबाट सञ्चालन हुनेछ ।

“कक्षा १२ को परीक्षाको सम्बन्धमा नयाँ निर्णय भएको छैन । पूर्वतालिकाअनुसार नै हुन्छ,” राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले भने, “नयाँ निर्णय भयो र परीक्षा सरेको खण्डमा हामी हाम्रो आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गर्छौँ ।”

सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनका क्रममा काठमाडौं छन् । त्यही कारण कक्षा १२ को परीक्षाका विषयमा अनेक अड्कलबाजी हुँदै आएका छन् । परीक्षा स्थगन गरिएको भन्ने भ्रम फैलाएपछि यही वैशाख ५ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जनाएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस